एमाले पदाधिकारी बैठक जारी

भदौ ६, काठमाडौं – नेकपा एमालेको बुधबार देखि जारी पदाधिकारी बैठक आज पनी बस्ने भएको  छ । पार्टी मुख्यालमा अहिले केही बेरमा  बस्ने बैठकमा  राज्य पुनःसंरचना, राज्यशक्तिको बाँडफाँट तथा शासकीय स्वरूपलगायत विवादित विषयमा छलफल हुने एमाले सचिव विष्णु पौडेलले जानकारी दिनुभयो  । यसअघि हिजो नयाँ संविधानका विवादित विषयमा कसरी सहमति जुटाउने भन्ने विषयमा छलफल भएको थियो ।  एमाले पदाधिकारी बैठकले पार्टीले निर्णय गरेको पूर्ववत् ७ प्रदेश सङ्ख्याकै पक्षमा रहने निर्णय गरेको थियो ।