संविधान निर्माणमा साझा धारणा बनाउन मोर्चाको बैठक बस्दै

भदौ ६, काठमाडौं – एकीकृत माओवादी नेतृत्वको पहिचान सहितको संघिय संविधान निमार्णका लागी भन्दै गठन भएको संघिय गणतान्त्रिक मोर्चाको बैठक बस्ने भएको छ । संविधान निर्माणका विषयमा साझा धारणा बनाउने विषयमा छलफल गर्न मोर्चाको बैठक बस्न लागेको हो । दिउँसो ३ बजे एमाओवादी अधयक्ष पुष्पकमल दहाल प्रचण्ड निवस लाजिम्पाटमा बैठक बस्न लागिएको  पार्टी प्रवत्ता दिनानाथ शर्माले जानकारी दिनुभयो ।

बैठकमा संविधानका अन्तरबस्तुमा मोर्चाको साझा धारणा तय गर्ने विषयमा छलफल हुने भएको छ । मोर्चाले एमाओवादी र सरकारसँग भएको १२ बुँदे सम्झौता, मधेसवादी दल र सरकारसँग भएको २२ बुँदे र ८ बुँदे सम्झौता तथा अन्य सम्झौताका विषयमा पनि छलफल गर्ने भएको ।

सात पार्टी सम्मिलित मोर्चामा एमाओवादीसँगै मधेसी जनअधिकार फेरम नेपाल, तराई मधेस लोकतानित्रक पार्टी,सद्भावना पार्टी, मधेसी जनअधिकार फोरम नेपाल, लोकतालन्त्रिक, तराई मधेस सद्भावना पार्टी र संघिय समाजवादी पार्टी सहभागी छन् ।