वेपक्ता २ जना महिलाको सव फेला

भदौ ६, रौतहट – रौतहट पिपरा रजवाडा स्थीत बाग्मती नदीमा हिजो डुङगा पल्टीदा बेपत्ता ३ जना मध्ये २ जना महिलाको सव फेला परेको छ । दुर्घटनामा मृत्यु हुनेमा पिपरा रजवडा ७ का दुखनि देवि दास रहेकी छन् भने १ जनाको सनाखत हुन बाँकी छ । हिजो साझ भएको दुर्घटनामा डुङगामा कति यात्रु सवार थिए भन्ने यकिन तथ्यांक नभएकाले बेपक्ताको वास्तविक संख्या थाहा हुन सकेको छैन । डुङगा दुर्घटनामा ५७ जनाको सकुशल उद्धार गरिएको थियो । सर्लाहिबाट रौतहट तर्फ जाँदै गार्दा डुङगा दुर्घटना भएको थियो । दुर्घटनामा परेकालाई स्थानिय बासिन्दाले टयूबको साहेताले उद्धार गरिएको थियो ।