बलाटेलीलाइ लिभरपुलले एक करोड ६० लाख पाउण्ड मा किन्यो

भदौ ६, काठमाडौं-  एसी मिलान फरवार्ड मारियो बालोटेली लिभरपुललाई १ करोड ६० लाख पाउन्डमा दिन सहमत भएको छ ।  गएको सिजनमा सर्वाधिक गोलकर्ता लुइस सुआरेज बार्सिलोना गएपछि प्रशिक्षक ब्रेन्डन रार्जसले म्यानचेष्टर सिटीका पस्र्वफरवार्ड बालोटेली ल्याएर लिभरपुलको अग्रपंक्ति बलियो बनाउन चाहेको समाचार आजको कान्तिपुर दैनिकमा छ ।

२५ वर्षे बालोटेली सिटीबाट १ करोड ९० लाख पाउन्डमा गत वर्ष मिलान गएपछि ५४ खेलमा ३० गोल गरेका थिए । लिभरपुलले प्रिमियर लिगममा सोमबार सिटीसँग एतिहाद स्टेडियममा खेल्दैछ ।