फेसबुकबाट प्रेम, अश्लिल भिडियो बनाएर ३ करोड माग

भदौ ६, काठमाडौं – भारतको जम्मु काश्मिर मरादावादको गाउँ भगतपुरका एक युवकले फेसबुकबाट एक युवतीलाई प्रेम सम्बन्धमा पारेर उनीसँग यौन सम्बन्ध राखी भिडियो बनाएर फिरौती माग गरेको खुलासा भएको छ ।

ती युवकले युवतीलाई प्रेमजालमा पारेर यौन सम्बन्ध राखेर अश्लिल भिडियो बनाएको र इन्टरनेटमा सार्वजनिक गर्ने धम्की दिएर २ करोड भारु अर्थात ३ करोड २० लाख रुपैयाँ फिरौती माग गरेको प्रहरीले जनाएको छ ।

केटीको परिवारका सदस्यहरुले प्रहरीमा उजुरी दिएका छन् । प्रहरीका अनुसार शहरकै प्रतिष्ठित ब्यक्तिकी छोरीसँग सोनीपतमा बस्ने ती युवकले कुराकानी गरेर फेसबुकबाटै प्रेम सम्बन्ध बनाएका थिए । केटीको ठेगाना मागेर नजिकैको होटलमा बोलाएका ती युवकले होटलमा यौन सम्बन्ध मात्र राखेनन् भिडियो क्लिप पनि बनाए ।

तर त्यो सम्बन्धपछि ती युवतीको अन्यत्र विवाह भयो । युवकले अश्लिल भिडियो इन्टरनेटमा राखिदिने धम्की दिएर पैसा माग्न शुरु गरे । केटीले पैसा पनि दिइन् तर युवकले यस्तो क्रम रोकेनन् ।

बुधबार मात्र ती युवकले ३ करोड २० लाख रुपैयाँ मागेर नदिए इन्टरनेटमा भिडियो राख्ने चेतावनी दिए । युवतीले जतिसुकै अनुनय विनय गरेपनि युवकले पैसा नदिए बेइज्जत गर्ने चेतावनी दिइरहे ।

अवस्था नियन्त्रण बाहिर जाने देखेपछि युवतीले परिवारमा सबै कुरा खोलिन् । परिवार कोतवाली पुलिस चौकी गए र युवकविरुद्ध उजुरी दिए ।

यो त्यही गाउँ हो जहाँ सामुहिक बलात्कारको घटनाले सनसनी मचाएको थियो । उक्त घटनामा ४ युवकले एक युवतीलाई वलात्कार गरे र त्यसको भिडियो बनाए ।

केटीलाई भिडियो देखाएर माग पुरा नभएपछि उनीहरुले भिडियो समेत सार्वजनिक गरेका थिए ।