रक्तदाता नै एचआइभी संक्रमित

भदौ ६, काठमाडौं- २६ वर्षको उमेरमा पहिलो पटक रत्तदान गरेपछि भिमसेन गोलाका राजु नाम परिवर्तन निकै खुसी भए । जीवनदाताको रुपमा दिइने भएकाले अव हरेक तीन तीन महिनामा रत्तदान गर्ने उनको योजना थियो ।

तर,रत्तदान गरेको दोस्रो दिनमै उनको योजना चकनापुर भएको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ । केन्द्रीय रक्तसंचार सेवा केन्द्र भृकुटीमन्डपका कर्मचारीले हिजो दान गर्नुभएको तपाँइको रगतमा एचआइभी पाजेटिभ देखिएको छ त्यसैले फेरी एकपटक आउनुपर्यो भन्दै फोन गरेपछि उनी बेहोस जस्तै भए । भारी मन बनाउँदै अर्को दिन आएर फेरी रगत जाँच गरे ।

फेरी एचआइभी पोजेटिभ देखियो । केन्द्रीय ब्लडबैकका अनुुसार गत वर्ष देशभर गरिएको रक्त संकलन कार्यक्रममा रक्तदान गर्नेमध्ये एक सय दुई जनामा एचआइभी पोजेटिभ देखिएको छ ।