ओलीले प्रधानमन्त्रीलाई सरकार छाड्ने चेतावनी दिएपछि

भदौ ६, काठमाडौं – राष्ट्रपति उपराष्ट्रपति अनुमोदनको विषयमा सत्तारुढ कांग्रेस एमालेको विवादले प्रधानमन्त्री सुशील कोइराला दबाबमा परेका छन् । नयाँ पत्रिका दैनिक लेख्छ, संविधान घोषणाअघि राष्ट्रपति अनुमोदनको कुरा नउठाउन प्रधानमन्त्री कोइरालाले आग्रह गरेपनि एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमति कार्यावन्यनबाट नपन्छिन चेतावनी दिएका छन् । राष्ट्रपतिको दबाब, पार्टीभित्रको असन्तुष्टि र राष्ट्रपति अनुमोदनको सहमति कार्यान्वयनप्रति एमालेको राखेको अडानका कारण प्रधानमन्त्री कोइराला दबाबमा परेका हुन् । प्रधानमन्त्री कोइरालासँग बालुवाटारमा बिहीबार भएको भेटमा एमाले अध्यक्ष ओलीलै सहमति कार्याज्वयनमा अन्य बहाना नखोज्न चेतावनी समेत दिएका छन  । एकातिर राष्ट्रपति यादव अनुमोदनको कुुरा के हो भन्दै प्रष्टिकरण सोध्छन अर्कोतिर ओली अनुमोदन नगरे सरकार छाड्ने चेतावनी दिन्छन् त्सैले प्रधानमन्त्री दोहोरो दबाबमा छन् ।