एमाले सात प्रदेशको पक्षमा

भदौ ५, काठमाडौँ – नेकपा एमाले सात प्रदेशको निर्णयमा अडिग रहने भएको छ ।  नयाँ संविधानका विवादित विषयमा कसरी सहमति जुटाउने भन्ने विषयमा आज बसेको एमाले पदाधिकारी बैठकले पार्टीले निर्णय गरेको पूर्ववत् प्रदेश सङ्ख्याका पक्षमा रहने निर्णय गरेको हो ।

पहिचान र सामथ्र्यका आधारमा सात प्रदेश निर्माण गर्ने पार्टीले पहिले नै निर्णय गरेको कुरामा नै सहमति भइरहेको र सकेसम्म कम प्रदेश हुँदा राम्रो हुने छलफलमा सहभागी सचिव योगेश भट्राइले बताए ।

बैठकमा राज्य पुनःसंरचना, राज्यशक्तिको बाँडफाँट तथा शासकीय स्वरूपलगायत विवादित विषयमा अन्य दलसँगको छलफलमा भाग लिँदा पार्टी कसरी प्रस्तुत हुने भन्नेबारेमा छलफल भएको थियो ।