सहमती विपरित अघि बढे गठबन्धन तोडिन्छ पोखरेल

भदौ ५, काठमाडौँ ।  –  नेकपा एमालेका नेता शंकर पोखरेलले काँग्रस एमाले गठबन्धन सरकारका प्रधानमन्त्री सुशील कोइराला नसुध्रिएगठबन्धत तोडीने चेतावनी दिएका छन् । नेकपा एमाले समयमानै संविधान जारी गर्ने कुरामा तत्पर रहेकाले जुन कुनै अवस्थामा पनी निर्धारित समयमानै संविधान जारी गर्ने गरी काग्रेँससँग सहकार्य भइरहेको पोखरेलले बताए ।

सरकार निर्माणको बेला सहमतिमा हस्ताक्षर गरेर कांग्रेस सभापति कोइरालाले अहिले बखेडा झिकेको भन्दै उनले यसले एमालेभित्र सरकारमा रहने कि नरहने भन्ने विषयमा बहस सुरु भइसकेको बताएका छन् ।

बिहीबार ।ाजधानीमा आयोजीत कार्यक्रममा नेता पोखरेलले भने प्रधानमन्त्री कोइरालाले ७ बुँदे सम्झौता कार्यन्वयन गर्ने संवावना हामीले देखेका छैनौँ यदी सहमती विपरित काँग्रस अगाडी बढ्यो भने काँग्रेसले ठुलो मुल्य चुकाउनु पर्नेछ ।

यदि प्रम कोइरालाले त्यसो गरेभने  एमाले सरकारबाट बाहिरिने चेतावनी  दिँदै पोखरेलले भने  राष्ट्रपति र उपराष्ट्रपति संविधान सभाबाट अनुमोदन हुनै पर्छ त्यसमा एमाले प्रष्ट छ ।’ संविधान निर्माणको दायित्व बोध गरेर मात्रै काग्रेससँगको सहकार्य जारी राखेको भन्दै एमाले नेता पोखरेलले अन्यथा एमाले आफै सरकार निर्माण गर्न वा प्रतिपक्षमा बस्न तयार रहेको बताए ।