बलिन्धारा आँसुले छोडेन स्वेतालाई

भदौ ५, काठमाडौँ –   नायक श्रीकृष्ण श्रेष्ठको १३ औँ पुण्य तिथीमा  सकी नसकी उपस्थित भएकी श्रेष्ठकी श्रीमती तथा नायिका स्वेता खड्का अझै सोखबाट बाहिर निश्कन सकेकी छैनन् । बिवाहको एक महिना नपुग्दै पति वियोगको पिडा वास्तविक जीवनमा भोगेकी नायिका खड्का बेला बेलामा अहिले भनी भक्कानीइरहेकी हुन्छिन् ।

पुण्य तिथीमा उपस्थित आफन्तजन साथीभाई रकलाकारले सम्झाउन खोजेपनी उनी नरिन्तर भक्कानीदै रोइरहेकी थिइन् । घरका परिवार केही सम्हालीएका भए पनी स्वेता भने सोह्रखु्ट्टेस्थित घरमा श्रीको सम्झनामा बेचैन थिइन् । संचारकर्मी उपस्थित समारोहमा  श्रीको मैनको प्रतिमा बनोस् भन्ने स्वेताको चाहना रहेको बताइएको थियो ।