प्रधानमन्त्री ज्यु , भारतसँग पीटीए र पीडीए सम्झौता नर्गनुस हैं…..

भदौ ५, काठमाडौं – भारतसंग विद्युत व्यापार सम्झौता र पीडीए सम्झौता नर्गन दश दलले प्रधानमन्त्रिलाई अनुरोध गर्दै ज्ञापनपत्र बुझाएका छन । नेकपा–माओवादी सहितका १० दलले भारतसँगको विद्युुत व्यापार सम्झौता (पीटीए) र माथिल्लो कर्णालीको पीडीए तत्काल सम्झौता नगरि आन्तरिक आपूतिर्मुखी परियोजना सरकारले नै निमार्ण गर्नुपर्नै र निजी क्षेत्रलाई पनि सहभागी गराउनु पर्ने भन्दै प्रधानमन्त्री सुशील कोइरालालाई ज्ञापन पत्र बुझाएका हुन ।

१० दलले प्रधानमन्त्रि कोइरालालाइ संयुतmरुपमा बुझाएको ज्ञापन पत्रमा यस्ता सम्झैता गर्दा सर्वपक्षीय राजनीतिक सहमति हुनुपर्नेमा जोड दिइएको छ । भारतले नेपालसंग पिटीए र पीडिए सम्झौताको प्रस्ताव भारत र भारतीय कम्पनीहरुको एकाधिकार कायम रहने गरि आएकाले यसमा दश दलको आपत्ती रहेको ज्ञापनपत्रमा उल्लेख छ । नेपालको प्रकृतिक सम्पतिमाथि अरुको एकाधिकार मान्य नहुने भन्दै यस बिषयमा नेपाली जनतालाई प्रष्ट जानकारी गराउन दश दलले प्रधानमन्त्रिलाइ ज्ञापनपत्रमार्फत आग्रह गरेका छन ।

ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री कोइरालाले देशको लोडसेडिङको अवस्था  र गरिबीबाट नेपाली युवा बिदेश पलाइन हुदै गइरहेको दृष्टान्त दशदलका नेताहरुलाई बताएका थिए । उनले भारतद्धारा आएको यो सम्झौता प्रस्ताव नेपालका लागि एक महत्वपुर्ण अवसर भएकाले सबैले मिलेर यसको सदुपयोग गर्नुपर्ने बताएका थिए । प्रधानमन्त्रि कोइरालाले भारतसंग आफुले त्यस्तो राष्टघाती र देशको शिर निहुरिने कुनै पनि सम्झौता नगर्ने बताएका थिए ।

प्रधानमन्त्रिलाई ज्ञापनपत्र बुझाउने दलहरु :-
१– नेपाल कम्युनिष्ट पार्टि नेपाल
२– जनमोर्चा नेपाल
३– नेपाल कम्युनिष्ट पार्टि
४– नेपाल कम्युनिष्ट पार्टि (एकिकृत)
५– नेपाल कम्युनिष्ट पार्टि (मसाल)
६– नेपाल कम्युनिष्ट पार्टि (माओवादी )
७– नेपाल कम्युनिष्ट पार्टि ( माक्र्सवादी )
८– नेपाल कम्युनिष्ट पार्टि (माले )
९– नेपाल कम्युनिष्ट पार्टि– माओवादी
१०– राष्ट्रिय जनमोर्चा