नेता नेपाल र भारतीय राजदूतबीच भेटवार्ता

भदौ ५, काठमाडौं – एमालेका नेता माधवकुमार नेपाल र भारतीय राजदूत रञ्जित रे बीच आज भेटवार्ता भएको छ ।  देशको पछिल्लो राजनीतिक अवस्था र नेपाल भारत सम्बन्धका बिभिद बिषयमा कुराकानी भएको बताईएको छ । नेता नेपालको निवास कोटेश्वरमा दिउँसो भएको भेटवार्तामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै नेपाल भ्रमण गरेको बिषयमा कुराकानी भएको थियो । मोदीको नेपाल भ्रमण सकारात्मक भएको भन्दै नेपाल र भारतबिचको दुईपक्षिय सम्बन्ध आगामी दिनमा कसरि प्रगाढ बनाईराख्ने भन्ने बिषयमा छलफल भएको छ । भारतले नेपालसंग गर्न चाहेको जलस्रोत तथा उर्जा सम्बन्धी सम्झौंतालाई बिवादरहित बनाई कसरि अगाडी बड्न सकिन्छ भन्नेबारेमा समेत कुराकानी भएको नेता नेपालले ईमेलखबरलाई जानकारी दिए । नेपाल र रे बिच नेपालको नयाँ संविधान निमार्णका बिषयमा पनि केही कुराकानी भएको स्रोतको बनाई छ ।  भारतिय प्रधानमन्त्रि मोदीले आफनो ३१ घण्टे नेपाल भ्रमणका क्रममा नेपालमा बन्न लागेको नयाँ संविधान सर्बमान्य र सबैजनताको हितमा बन्नु पर्नेमा जोड दिएका थिए । साथै मोदीले नेपालको कुनैपनि मामलामा भारतको  हस्तक्षेप नरहने र नेपालको बिकाशका लागि आफु सहयोग गर्न सधैं तत्पर रहेको समेत बताएका थिए ।