मलेसियाका मानब संसाधन मन्त्रि छलफलमा

भदौ ५, काठमाण्डौ – दुई दिने कार्यगत भ्रमणका लागी नेपाल आउनु भएका मलेसीयाका मानब संसाधन मन्त्रि दातुक रिर्चाड जाईमले आज राजनीतिक भेटवार्ता गर्नुहुने भएको  छ । मन्त्री जाइमले आज नेपाली कामदारको क्षमता वृद्धि र गैरकानुनी  रुपमा वस्ने प्रवृत्ति निरुत्साहित गर्ने लगायतका महत्वपुर्ण विषयमा द्धिपक्षिय वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको  छ  । मन्त्री जाईमले आज श्रमराज्य मन्त्रि टेकबहादुर गुरुङ सहित सरकारका अन्य अधिकारीहरु संग भैटवार्ता गर्ने कार्यक्रम तय भएको छ । भेटमा नेपालले मलेसियामा रहेका आफ्ना कामदारको हकहितका बारेमा जोडदिने भएको छ । विभिन्न तहमा रहेका एजेन्टका कारण कामदार जान लाग्ने खर्च दोब्बर बढेकाले यो समस्या समाधान गर्न नेपालले विशेष आग्रह गर्ने श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ । हाल सम्म मलेसीयामा ७ लाख नेपाली कामदार कार्यरत छन् ।