प्रधानमन्त्री सरिफले पद छोड्नुपर्ने पाकिस्तानका विपक्षी दलको सर्त

भदौ ५, काठमाडौ‌ – पाकिस्तानका बिपक्षी दलहरुले बार्ताका लागि बर्तमान प्रधानमन्त्री नमाज सरिफले पद छोड्नुपर्ने सर्त राखेका छन । ताहारिक एक इन्साफ पार्टीका अध्यक्ष ईमरान खानले आफु लोकतान्त्रीक नेता भएकाले बार्ताको प्रस्ताव अस्वीकार गर्न नसक्ने भन्दै पहिले सरिफको राजिनामा आवश्यक भएको बताएका छन् । संसद भवन सहित रहेको सरकारी उच्च कार्यालयहरु रहेको निषेधित क्षेत्र घेरेर बसेका आफ्ना सर्मथकहरुलाई सम्बोधन गर्दै खानले प्रधानमन्त्री सरिफको राजिनामा नआएसम्म सो क्षेत्र नछोड्ने घोषणा गरे । यसअघि सरकारले पटक–पटक विपक्षी दलहरुलाई बार्ताका लागि आह्वान गरेको थियो ।  यता अर्का बिपक्षी दल अवामी लिगका नेता ताहीर अल कादरीले पाकिस्तानमा भ्रष्टाचारको अन्त्यका लागि सरिफको बर्हीगमन अत्याबश्यक भएको बताए  । ।