माओवादी सहितका १० कम्युनिष्ट पार्टीले प्रधानमन्त्रीलाई भेट्दै

भदौ ५, काठमाडौ‌ – नेपाल सरकार र भारतबिच हुने भनिएको पिडिए र पिटिए सम्झैता नगर्न माग गर्दै नेकपा  माओवादी सहित १० कम्युनिष्ट पाटीहरुले आज प्रधामन्त्री सुशील कोइरालालाई बिरोध पत्र बुझाउदै छन् ।  सिंहदरबार स्थित प्रधानमन्त्रीको कार्यालयमा पुगेर दश कम्युनिस्ट पार्टीले प्रधानमन्त्री कोइरालाई बिरोध पत्र बुझाउन लागेको नेकपा माओबादीकी प्रवक्ता पम्फा भुषालले जानकारी दिइन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण तथा त्यस अघि बिदेश मन्त्री सुषमा स्वराजको नेपाल भ्रमणको बेला नै सरकारले यस्तो संझौता गर्ने तयारी गरेको भएपनि चौतर्फि बिरोधपछि संझौता रोकिएका छन् । भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणको बेला ४५ दिन भित्र पिटिए तथा पिडिए दुबै संझौता गर्ने सहमती भएको थियो । आगामि मंशिरमा हुने सार्क सम्मेलनको बेला ति संझौता गर्ने तयारी सरकारले गरिरहेको बेला १० कम्युनिष्ट पार्टीले यस्तो बिरोधपत्र बुझाउन लागेका हुन् ।