लिग विजेता नेपाली टोली आज स्वदेश फर्कदै

भदौ ५, काठमाडौ‌   – एसिसि अण्डर सिक्सटीन प्रिमिएर लिग विजेता नेपाली टोली आज स्वदेश फर्कदैछ । मलेसियामा भएको प्रतियोगितामा घरेलु टोलीलाई हराउँदै उपाधि आफ्नो पक्षमा पार्न सफल टोली आज नेपाल फर्कन लागेको हो ।  छोटो समयको अभ्यास र तयारीका भरमा उपाधि लिने लक्ष्य सहित मलेसिया गएको यु–१६ टोलीले  हिजो मलेसियालाई ३२ रनले हराएर उपाधि चुमेको थियो । १३ जना अन्तर्राष्ट्रिय प्रतियोगिताको कुनै अनुभव नभएका खेलाडी सम्मलीत टोलीले नेपाललाई पहिलो पटक यु–१६ प्रिमियर लिगको उपाधि दिलाएको हो ।  नेपालले यसअघि दुईपटक प्रतियोगिताको फाईनलमा हार ब्यहोरेको थियो । आज साँढे ११ बजे ट्रफिसहित त्रिभुवन अन्तर्राष्ट्रिय बिमान स्थल आईपुग्ने टोलीलाई क्यानले भव्य स्वागत गर्ने तयारी गरेको छ । क्यानले प्रतियोगितामा सहभागी सबै खेलाडीलाई २० हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरिसकेको छ ।