सुनकोसीको ताल खोल्न ४५ करोड लाग्ने

भदौ ५, काठमाडौ‌ – सिन्धुपाल्चोकको जुरेमा १७ साउनमा गएको पहिरोबाट सुनकोसी थुनिएर बनेको ताल पुरै खोल्न नहुने निष्कर्ष विज्ञहरुले सिनकालेका छन् । १० लाख टन गेग्य्रान माटोले बनेको ताल पुरै खोल्न सम्भव नै नहुने निश्कर्ष सैनिक तथा भुगर्भविदहरुको छ । 

सेनाका प्राविधिक सहायकरथी इन्जिनियर विजेन्द्र गौतमका अनुसार ताल पुरै खोल्न करिब ४५ करोड आवश्यक पर्छ । ‘मानवीय संवेदनासमेत जोडिएको विषय भएकाले यसबारे सरकारले आवश्यक निर्णय गर्ला, हामीले केहि भन्ने अवस्थामा छैनौं,’ गौतमले भने ‘पुरै ताल खोल्न महँगो पर्छ भन्ने हाम्रो निश्कर्ष हो ।’

 

सेनाको विकास निर्माण तथा स्थापनि महानिर्देशनालयका इन्जिनियर डा. रामचन्द्र तिवारीका अनुसार थुनिएको पानीमा दश लाख टनभन्दा बढी गेग्य्रान जममा भएको छ । अस्थायी तालको बाँध पनि चट्टानी गेग्य्रानले बनेका कारण पुरै पानी खोल्न सम्भव छैन । नयाँ पत्रिका दैनिकमा समाचार छ ।