माओवादी विबाद उत्कर्षमा

भदौ ५, काठमाडौ‌ – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड र बरिष्ठ नेता बाबुराम भट्राइबिच केहीबेर अघि छलफल भएको छ । प्रचण्ड निवास लाजीम्पाटमा करिब १ घण्टा भएको छलफलमा पार्टीका आन्तरित समस्या समाधानका बिषयमा छलफल भएको प्रचण्डका सहयोगी शिव खकुरेरले जानकारी दिनुभयो ।
यसैबिच बेलाबेलामा चर्चा पाइरहने एमाओवादी विवाद फेरी चर्किएको  छ । भट्राइ पक्षले काठमाडौँमा पनी समानान्तर कमीटी गठन गरेपछि एमाओवादीको विवाद फेरी उत्कर्षमा पुगेको हो । यसअघि संस्थापन पक्षले एकलौटी प्रशिक्षण र भट्राइ पक्षले समानान्तर समीति गठन रोक्ने सहमती भएपनी  हिजो मात्रै भट्राइ पक्षले राजधानीमा समानान्तर कमीटि गठन गरेसँगै माआवादी विवाद  फेरी एक पटक पर्दामा देखिएको हो । भट्राई पक्षले संस्थापनले सम्झौता विपरित एकलौटी पेलान भएकाले बाध्यतामा परी कमीटि गठन गर्नुपरेको बताएको  छ भने संस्थापन पक्षले भट्राइ पक्ष पार्टीको नीति नियम विपरित हिडेको आरोप लगाएको छ । भट्राइले अहिलेसम्म सिन्धुली , गोर्खा लगायत आधा दर्जन बढी जिल्लामा समानान्तर कमीटि गठन गरीसकेको छ ।  यसैबिच माओवदी विवाद उत्कर्षमा पुगीरहेकै बेला आज अपराह्न्न  एमाओवादीले  छलफलका लागी  पदाधीकारी बैठक बोलाएको  छ ।