नवौं क्लिक्स ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्र्रतियोगीता सुरु

भदौ ५, काठमाडौ‌ – ग्रिनल्यान्ड आवासीय माध्यमिक विद्यालयको आयोजनामा नवौं क्लिक्स ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्र्रतियोगीता उपत्यकामा आजबाट सुरु हुने भएको छ ।

प्रतियोगीतमा जुनियर ब्वईज तथा सिनयिर ब्वईज विधामा ४५ विद्यालयले सहभागिता जनाउँदै छन् । चौधरी ग्रुपको उत्पादन क्विक्स चिजवल्सको प्रायोजनामा हुन गै रहेको प्रतियोगीता लिगकम नकआउँटको आधारमा  हुने भएको हो । जुनियरमा २६ र सिनियरमा १९ टोली रहेको आयोजकले जनाएको छ ।