त्रिशुलीमा ट्रक खस्दा १ को मृत्यु, ८ घाइते

भदौ ५, काठमाडौ‌ – पृथ्वीराजमार्ग  अन्र्तगत धादिङको बेनीघाट  स्थित त्रिशुली नदीमा ट्रक खस्दा एक जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको  छ ।

गएराती  काठमाडौंबाट रङ बोकेर वीरगञ्ज जांदै गरेको ना १ ख ८१८२ नम्बरको ट्रक ११ वजे अनियन्त्रित भई सडकबाट असी फिट तल त्रिशुली किनारमा खसेको थियो ।

दुर्घटनामा ट्रकमा सवार ९ जनामध्ये एक जनाको घटनास्थलमानै ज्यान गएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन ।  दुर्घटनामा घाइते भएकालाई सबैको राजधानीको मेगा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।