सर्पबाट मसाज

भदौ ५, काठमाडौ‌- मसाज सेन्टर जाने गर्नुभएको छ भने मसाज  विशेषज्ञहरुको सेवाबाट मख्ख पर्नुभएको होला । आजको नयाँ पत्रिका दैनिक लेख्छ, मसाज सेन्टरमा सर्पले मसाज गर्ने थाहा पाउनुभयो भने के गर्नुहुन्छ रु निश्चय पनि त्यो मसाज सेन्टरको छेउ  नै पर्नुहुन्न होला ।

तर इन्डोनेसियाको राजधानी जकार्तामा सर्पबाट मसाज गराउने परम्परा चलेको छ । त्यहाँ शारीरिक तनाव क मगर्न सर्पवाट मसाज सेवा लिनेको संख्या बढ्न थालेको छ । यसले गर्दा सर्पबाट मसाज सेवा प्रदान गर्ने पार्लरको संख्या बढ्न थालेको छ ।

यस्ता पार्लरमा मानिसको शरीरमाथि विभिन्न प्रजातिका सर्पलाई छाड्ने गरिन्छ । सर्पहरुले शरीरमाथि घस्रिएर मसाज गरिदने गर्छन ।