माओवादी विनाको संविधान अमान्य : वैद्य

भदौ ४, कास्की- नेकपा माओवादीका अध्यक्ष मोहन वैद्यले संविधानसभा भन्दा बाहिर रहेका शक्तिहरुलाई बाहिरै राखेर जारी गरेको संविधान मान्य नहुने बताएका छन् । वैद्यले आफूहरुलाई सहभागी नगराई संविधान जबरजस्ती  जारी गरिए जन विद्रोहमा जाने चेतावनी दिएका छन्।

बुधबार कास्कीमा कार्यकर्ताहरुलाई संवोधन गर्दै वैद्यले यथास्थितीवादी र प्रतिगामी शक्ति मिलेर संविधान बनाउन लागेको आरोप लगाएका छन् ।

वैद्यले १० वर्ष जन युद्ध लडेको शक्तिलाई बाहिर राखेर जारी गरिने संविधानले शान्ति नदिने बताउँदै गोलमेच सम्मेलन मार्फत आउने सहमतिले मात्रै देशलाई निकाश दिने बताए। उनले सबैलाई मिलाएर लैजाने गोलमेच सम्मेलन मार्फत निकास निकाल्न सरकारलाई सुझाव दिए।