भट्टराई पक्षद्धारा समानान्तर कमिटी गठन

भदौ ४, काठमाडौं – एकीकृत नेकपा माओवादीका बरिष्ठ नेता बाबुराम भट्टराई समुहले काठमाडौमा पनि समानान्तर कमिटी बनाएको छ । भट्टराई पक्षले महेन्द्र श्रेष्ठको अध्यक्षतामा ५७ सदस्यीय नयाँ समिति घोषणा गरेको भट्राइ निकट नेता देवेन्द्र पौडेल सुनीलले इमेल खबरलाई बताए ।

त्यस्तै उपाध्यक्षमा विद्यार्थी नेता हिमाल शर्मालाई चयन गरिएको र बाँकी कार्यसमिति सदस्य केही दिनमा छनोट गरिने बैद्य निकट स्रोतले जनाएको  छ । श्रेष्ठले आज राजधानीमा एक कार्यक्रमको आयोजना गरी आफु काठमाडौं जिल्ला कमिटीको बैठकले अध्यक्ष र  शर्मालाई उपाध्यक्ष बनाएको बताए । बाँकी पदाधिकारी पछि छनोट गरिने स्रोतले जनाएको  छ ।