शृङ्खला साहित्य गोष्ठी सम्पन्न

 भक्तपुर- भक्तपुर साहित्य समाजको शृङ्खला साहित्य गोष्ठी भक्तपुरको कमलविनायकमा आज सम्पन्न भएको छ ।  कार्यक्रममा काभ्रे, भक्तपुर, ललितपुर र काठमाडौँका स्रस्टाहरुले कविता, गीत, गजल तथा लघुकथा प्रस्तुत गरेका थिए ।

त्यसअवसरमा कवि तथा गीतकार चर्चित ढुङ्गेल, रामागोपाल आसुतोष, काशीराम विरस, श्याम सम्यक, हरिसुन्दर छुकाँ, राजेन्द्र खड्गी, राजुराम मुनकर्मी, सुस्मा देवकोटालगायतले तीन दर्जन स्रष्टाहरुले रचना वाचन गरेका थिए ।  कार्यक्रममा रञ्जिता थापा, रोसना न्हेमाफुकी र जीतेन्द्र रसिकलगायतले रचनामार्फत हास्यव्यङ्य कविता वाचन गरेका थिए ।