एसीसी यू–१६ प्रिमियर क्रिकेटको उपाधि नेपालले चुम्यो /अनिल होनहार खेलाडी घोषित

भदौं ४, काठमाडौं–  एसीसी यू–१६ प्रिमियर क्रिकेटको उपाधि नेपालले जितेको छ । मलेसियामा आज सम्पन्न खेलमा आयोजक मलेसियालाई पराजित गर्दै नेपालले उपाधि चुमेको हो । मलेसियालाई ३२ रनले पराजित गर्दै नेपालले पहिलो उपाधि पटक जितेको हो । दुई वर्ष अघि मलेसियासंग फाइनलमा १ विकेटले हार व्यहोरेको नेपालले आज बदला समेत लिएको छ । टस हारेर पहिले व्याटिङको निम्तो पाएको नेपालले निर्धारित ४० ओभरमा ९ विकेट गुमाइ १६१ रन  जोडेको थियो । १६२ रनको लक्ष्य पाई मैदान उत्रेको मलेसियन टोली ३६.२ ओभरमा १२९ रन जोड्दैं सम्पुर्ण विकेट गुमाएको थियो । जितका लागि नेपालका पवन सर्राफले सर्बाधिक ४४ रन जोडे भने २६ बलको सामाना गर्दै चार चौका र दुई छक्का प्रहार गरेका थिए ।  यस्तै रवि चन्दले ३४ र शाशिफ शेखले २० रन जोडे । अन्य खेलाडीले सन्तोसजनक प्रदर्शन गरे । खेलमा म्यान अफ दि म्याच नेपालीका पवन सर्राफ घोेषित भए । नेपाल प्रतियोगिताका सबै ५ खेल जितेको थियो । राउन्ड रोबिनका आधारमा भएको प्रतियोगितामा मलेसियाले ३ खेल जितेको थियो । यो जित संंगैं एसियाली क्रिकेट परिषद्ले आयोजना गर्ने उमेर समूहको सबै प्रतियोजिता नेपाल जितेको छ । यू–१७ एक पटक, यू–१९ चार पटक जितेको थियो भने यू–१६ मा नेपाल दुई पटक फाइनलमा पराजित भएको थियो । यसअघि सन् २००९ मा पृथु बास्कोटाको कप्तानीमा एसीसी यू–१७ को उपाधि उचालेपछि नेपाली उमेर समूहका खेलाडीले खासै खेल प्रर्दशन गर्न नसकेका कारण उपाधि भित्र्याउन सकेको थिएन ।

अनिल होनहार खेलाडी –
यसैबिच, १६ बर्षमुनिको नेपाली क्रिकेट टिमका सबै भन्दा कान्छा खेलाडी अनिल  खरेल होनहार खेलाडी घोषित भएका छन । मलेसियामा आज सम्पन्न एसीसी यू–१६ प्रिमियर क्रिकेटमा स्पिनर अनिलले उत्कृष्ट खेल प्रदर्शन र नेपाललाई उपाधि दिउलाउन महत्वपुर्ण योगदान गरेका कारण उनलाइ होनहार खेलाडी घोषित गरिएको हो । उनले ओमानसंगको खेलमा ६ विकेट लिएर चम्तकारी गरेका थिए ।