सगरमाथाको देशलाई इबोलाले छुँदैन : स्वास्थ्य मन्त्री

भदौ ४, काठमाडौँ  –  केही समय यता अफ्रिकी मुलुकमा देखापरेको प्राणघातक रोग इवोलाले विश्वभर आतंक मच्चाएका बेला यसको सन्त्रासले विश्वका सबै मुलुकमा यसको असर देखापरेको  छ । नेपालमा हिजो मात्रै २१ जना शंकास्पद व्यक्ति एयरपोर्टमा निगरानीमा राखिएको सरकारले बताइरहेका बेला स्वास्थ्य मन्त्री खगराज अधिकारीले रोग नियन्त्रण गर्न  हरेक तवरका विधि अपनाएको  बताएका छन् ।

राजधानीमा आयोजीत एक कार्यक्रममा मन्त्री अधिकारीले विश्वको सवोच्च शिखर सगरमाथा भएको चिसो हावा वहने देशमा इवोला भाईरस आउन नसक्ने बताएका छन्  । हालसम्म १ हजार भन्दा बढि व्यक्तिको ज्यान लिइसकेको इबोला नेपालमा प्रवेश गर्न नदिन सरकारले तदारुकताका हरेक तिकडम अपनाएको स्पष्ट पारे । इवोलाबाट जोगिनका लागि सरकारले पुर्व तयारी स्वरुप अन्तर्राष्ट्रिय विमानस्थलमा उपकरणहरु जडान गरिसकेको बताउदै मन्त्री अधिकारीले इवोला रोगको संक्रमण भएको आशंका भएमा सिधै टेकु अस्तपालमा लगेर परीक्षण गर्न सक्ने व्यबस्था सरकारले बनाएको बताए ।

मन्त्रि अधिकारीले अफ्रिकी तथा नाइजेरियाजस्ता मुलुकबाट नेपाल आउने पर्यटकहरुलाई पुर्णरुपमा जाँच गर्नका लागि मन्त्रालयले स्वास्थ्यकर्मी परिचालन गरिसकेको र त्यसका लागि सबै प्रकृया पूरा गरेको बताए । इवोला भाईरसको शंका लागेमा तत्काल टेकु अस्पातालमा आइसुलेसन वार्ड राखिएको र तत्कालका लागि त्यहीँ विरामी राखिने बताउदै विभिन्न जिल्लाहरुका अस्पतालहरुमा पनि आइसुलेनस वार्ड राख्न सुरु गरिएको समेत उनले बताए ।