तीर्थयात्री बोकेको बस दुर्घटना, २१ जना घाईते

भदौ ४, काठमाडौँ  – भक्तपुरमा बस दुर्घटना हुदाँ २१ जना घाइते भएका छन् । भक्तपुरको चित्तपोल गाविसबाट ललितपुरको बुङ्मती तीर्थयात्रा जान निस्केको रिजर्भ बस दुर्घटना हुँदा तीर्थालुहरु  घाईते भएको भक्तपुर प्रहरीले जनाएको  छ ।

रिजर्भ  बा १ ख ८३५२ नम्बरको बस आज दिउसो सडकबाट करिब ३० मिटर तल खसेको  हो । दुर्घटनामा घाईते मध्ये १३ जनाको थिमी स्थित मध्यपुर अस्पतालमा र बाँकी ८ जनाको भक्तपुर अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।