अन्तत: नेपाल यू १६ प्रिमियर क्रिकेट च्याम्पियन

भदौ ४, काठमाडौँ  – मलेसियामा जारी एसिसी यु–१६ प्रिमियर क्रिकेटको उपाधि नेपालले आफ्नो पोल्टामा पारेको  छ । मलेसियाको किन्नारा ओभल मैदानमा आज भएको खेलमा घरेलु टोली मलेसियालाई ३२ रनले हराउँदै नेपालले उपाधि कब्जा गरेको हो । यो जीतसँगै उमेर समूहमा नेपाल पााच वर्षपछि पुन:  च्याम्पियन बन्न सफल भएको  छ ।  २ वर्षअघि एलिट कपमा नेपाललाई नै हराएर मलेसियाले उपाधि उचालेको थियो ।टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ४० ओभरको खेलमा ९ विकेट गुमाउँदै दिएको १६१ रन जोड्न सक्यो ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले पुरै ४० ओभर खेल्दै ९ विकेटको क्षतीमा मलेसियासामु १६२ रनको चुनौती थपेको थियो । १६२ रनको विजयी लक्ष्य लिएर मैदानमा आएको आयोजक मलेसिया ३६ ओभरमा सबै विकेट गुमाउँदै १२९ रनमा अलआउट भयो । घरेलु टिमलाई हराउने लक्ष्य निर्धारण गर्न नेपालका पवन सर्राफले सबैभन्दा बढी ४४ रनको योगदान दिए भने रवि चन्दले ३२ रन जाडेका थिए ।

नेपालले  मलेसियालाई पराजित गरेर पहिलो पटक उक्त उमेर समूहमा उपाधि जित्ने सुनौलो अवसर मात्र प्राप्त गरेको हो ।  आजको रोमाञ्चकताले भरीपुर्ण खेलमा नेपालका पवन सराफ म्यान अफ दि म्याच घोषित भएका छन् ।  यस्तै यसअघि चार खेल खेलको नेपालले चारै खेलमा उत्कृष्ट प्रदर्शन गर्‍यो। नेपालले पहिलो खेल थाइल्यान्डलाई १० विकेट, दोस्रो खेल सिङ्गापुरलाई ४९ रन, तेस्रो खेल ओमानलाई १०२ रन र चौथो खेल बहराइनलाई १८६ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।