भदौ ४, काठमाडौँ – आगामी मङ्सिर १० र ११ गते यहाँ आयोजना हुने दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को अठारौँ शिखर सम्मेलन तयारीको सिलसिलामा सहरी सौन्दर्य र हरियाली कायम गर्न सरसफाइ तथा नगर सजावट समिति क्रियाशील भएको छ । उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहको संयोजकत्वमा गठित उक्त समितिले नगरको सौन्दर्य प्रवद्र्धनका लागि काम थालेको हो । सार्क सम्मेलनलाई दृष्टिगत गरी समितिले माइतीघर–तीनकुने, लैनचौर, नारायणगोपाल चोक, डिल्लीबजार शीतलनिवास, जावलाखेल, पाटन हस्पिटल, कमलपोखरी, मैतीदेवी चोक, नयाँ नारायणचौर बगैँचासम्म पहिलो चरणमा हरियाली विस्तार तथा सरसफाइ गरिरहेको छ । सम्मेलनस्थल राष्ट्रिय सभागृहको मर्मतसम्भार एवम् रङरोगन पनि द्रुतगतिमा भइरहेको छ ।
अन्तरबार्ता
लुम्बिनी प्रदेश नेपाली काँग्रेसका सचेतक भन्छन् -‘व्यवस्था निरन्तरताका लागि काँग्रेस सत्तामा जान सक्छ’

प्रतिनीधिसभा विघटन भए पछि नेकपा विभाजनको संघारमा पुगेको छ । नेकपा ओली समुह र प्रचण्ड–नेपालल समुहमा विभक्त भएको छ । यसको प्रभाव केन्द्र
विचार
पूंजीगत खर्च गर्ने क्षमताको विकास

दामोदर रेग्मी पुस २९, काठमाडौं – बजेट आम जनमानसको अपेक्षा र प्रतीक्षाको विषय हो किनकी बजेटले मूलतः विकास निर्माणका संभावनाहरुलाई उजागर गरेको हुन्छ
सरोकारवालाहरुको उदय र सुशासन

दामोदर रेग्मी पुस १९, काठमाडौं – सार्वजनिक सेवा विविध सरोकारवालाहरुको अन्तरसम्वन्धको सम्मिश्रण हो यसै कारणले यी सरोकारवालाहरुको वीचमा धेरै आवश्यकताहरु रहेका हुन्छन् ।