मनोनित हुन बाँकी सभासद् सहमतिमा –मन्त्री रिजाल

भदौ ४, विराटनगर –  सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले संविधानसभामा मनोनित हुन बाँकी २६ सभासद्को टुङ्गो लगाउन सरकारले दलहरूसँग छलफल गरिरहेको बताएका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका मन्त्री रिजालले विराटनगरस्थित आफ्नै निवासमा बुधबार कार्यकर्तासँगको संक्षिप्त भेटमा संविधानसभामा रहेका सबै दलको सहमतिमा  सभासद्को टुङ्गो लगाइने बताएका हुन् ।     मन्त्री रिजालले संविधानसभाको विवादित विषयमा सहमति कायम गर्न सरकारले संसदभित्र तथा बाहिर रहेका दलहरूसँग वार्ता प्रक्रिया सुरु गरिसकेको जानकारी दिए । उनले अहिलेको आवश्यकता भनेको साझा स्वामित्वको संविधान निर्माण गर्नु रहेकाले अन्य विषयमा अल्झेर समय खेर फाल्न नहुने धारणा व्यक्त राखेका छन् ।