मलेसियाली मन्त्रीको २ दिने कार्यगत नेपाल भ्रमण

भदौ ४, काठमाडौँ – गैर कानुनी रुपमा मेलेसयिमा रहेका नेपाली कामदारहरुको समस्या समाधान सम्बन्धमा द्धिपक्षिय छलफल गर्न  मलेसियाली मानब संसाधनमन्त्री दातुक रिचार्ड रियट जाईम आज नेपाल आउँदै हुनुहुन्छ ।

मलेसियामा रहेका गैरकानुनी नेपाली कामदारलाई दण्ड जरिबाना मिनाहागरी स्वदेश फिर्ताको व्यवस्था मिलाउन २ दिने कार्यगत भ्रमणमा रहनु हुने मन्त्री जाईमलाई नेपालले आग्रह गर्ने भएको छ ।

आफ्नो मुलुकमा गैरकानुनी नेपाली कामदार बढेकाले  समस्या तत्काल समाधन नगरे कामदारको संख्या कटौती गर्ने चेतावनी मलेसियाले दिए पछि सहज तरिकाले कामदार फर्काउने व्यवस्था मिलाउँन नेपालले आग्रह गर्ने भएको हो ।

मलेसिया सरकारले आफ्नो मुलुकमा १ लाख ५० हजार भन्दा बढी गैर कानुनी नेपाली कामदार रहेको दावि गर्दै आएको छ । अबैध कामदार बढ्न थालेकोमा नेपाललाई गम्भीर हुन चेतावनी समेत दिएको छ । मलेसियामा करिब ७ लाख नेपाली कामदारहरु कार्यरत रहेका छन् ।