उद्धार तथा पुनस्थापना समितीले काम सुरु गर्दै

भदौ ४, काठमाडौँ  – बाढी पिडित राहात उद्धार तथा पुनस्थापना कार्य थप प्रभाबकारी बनाउँन हिजो गठित समितीले आजबाट काम सुरु गर्दैछ ।  प्रधानमन्त्रिको संयोजक्तोमा हिजो गठित उक्त समतिले आज अपराहन्न बैठक बसेर पहिरोले देशभरमा पुरर्याएको जनधनको मुल्याङकन गरी उद्धार तथा राहात र प्रकोप नियन्त्रणका लागी दिर्घकालिन योजना बनाउँने बताईएको छ ।

यसैबिच रोगको महामारी फैलिन नदिन मध्यपश्चिमका बाढी प्रभावित क्षेत्रमा विशेष सतर्कता अपनाइएको स्वास्थ्य सेवा विभागले जनाएको छ । बाढीका कारण धेरै परिवार विस्थापित भएका तथा स्वास्थ्य संस्थाहरु समेत बाढीमा परेकाले सुर्खेत, बाँके, बदिर्या, दाङ र सल्यानमा रोगको सम्भावनालाई ध्यानमा राखी सतर्कता अपनाइएको विभागका महानिर्देशक डा सेनेन्द्रराज उप्रेतीले जानकारी दिनुभयो ।

प्रभावित जिल्लाहरुमा केन्द्रबाट नियमित सम्पर्क भइरहेको भन्दै उहाँले जिल्ला स्वास्थ्य र स्थानीय स्वास्थ्य संस्थाहरुसंगको समन्वयमा र्यापिड रेस्पोन्स टिम खटाइएको बताउनुभयो । बाढीका कारण शुद्ध खानेपानी र खानेकुराको अभाव हुने, वर्षामा ओत लाग्ने सुरक्षित ठाउँ नहुँदा झाडापखाला, टाइफाइड, हैजा, मलेरिया जस्ता रोगको सम्भावना बढी हुने भएकाले त्यसतर्फ ध्यान केन्द्रीत गरिएको हो ।