उपसमितीको बैठक जारी

भदौ ४, काठमाडौँ – संविधानसभाको संवैधानिक–राजनीतिक संवाद तथा सहमति समिति अन्र्तगत गठित विवाद समाधान उपसमितीको बैठक अहिले बसिरहेको छ ।   संविधान जारी गर्ने मिति नजिकिदै जाँदा सक्रिय बन्दै गएको उपसमीतिले हिजो भएको सहमतीका विषयमा ठोस सहमती निर्णय आजको बैठकमा निकालीने  समितिका सचिव मुकुन्द शर्माले जानकारी दिनुभयो ।

हिजोको बैठकमा मानवाधिकार सम्बन्धमा भूतप्रवाभी (घटना घटिसकेपछि पनि तर्जुमा गरिने) कानुन बनाएर सजाय गर्ने लगायत १३ बुँदामा सहमति भएको छ । तत्कालीन संवैधानिक समितिअन्तर्गत गठित विवाद समाधान उपसमितिले गरेका निर्णयमाथि छलफल गरी सहमति सहितको प्रतिवेदन पेस गर्न गठित उपसमितिको प्रारम्भिक प्रतिवेदनमाथिको छलफलका क्रममा सो सहमति भएको हो ।  समितिले सहमति गर्ने सम्बन्धमा यसअघि नै प्रदेश व्यवस्थापिकामा एक सदन हुने र प्रदेश सभाको नामकरणका सम्बन्धमा सहमति भइसकेको छ ।