एमाओवादी संसदीय दलको बैठक जारी

भदौ ४, काठमाडौँ – एकीकृत नेकपा माओवादी संसदीय दलको बैठक अहिले बसिरहेको छ । बैठकमा बाढी प्रभावितहरुका लागि पार्टीले खेल्ने भूमिका राहात संकलन, संसदीय समितिमा खेल्ने भूमिकाका विषयमा छलफल भै रहेको नेता अग्नी सापकोटाले जानकारी दिए ।

यसैविच संविधान निर्माणका अरु प्रक्रिया र जारी छलफलका विषयमा पनि कुराकानी हुने एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ । आजको बैठकमा पार्टीको आन्तरिक विषयमा भने छलफल नहुने बताइएको छ ।