यू १६ प्रिममिएर लिग जित्ने दाउमा नेपाल

भदौ ४, काठमाडौँ – एसिसी यू १६ प्रिममिएर लिग क्रिकेट उपाधीका लागी अहिले  नेपालले आयोजक मलेसियाको सामना गरिरहेको छ । मलेसीयाको किनरारा ओभल मैदानमा टस हारेर ब्याटीगंका लागी निम्ता पाएको नेपालले ताजा अवस्थामा १५ ओभरको समाप्तीसँगै २ वीकेटको क्षतीमा ३३ रन जोडेको  छ ।

नेपालका ओपनर सुसान्त थापा र रवी चन्दले सुखद सुरुवात गरेपनी दुवै जना पालै पालो क्याच आउट भएका छन् भने अहिले क्रिजमा मोअम्मद असिफ र रविन्द्र जंग शाही छन् ।

जारी खेलमा नेपाल पहिलो पटक  जितनिकाल्ने दाउँमा रहेको छ ।  यस अघि लगाातार दुइ पटक उपविजेत बनेको नेपालले लगातार चार खेल जितेकाले पनि  यसपटकको  उपाधिको प्रमुख दावेदार मानिएको छ । मलेसिया पनि ३ खेल जितेर सोही स्थानमा उभिएको छ ।