पैसाको कारण अर्पण संग सम्बन्ध बिग्रियो खुस्बु

भदौ ४, काठमाडौं –   दिनेश अधिकारी चरीका प्रेमिका खुश्वु ओलीले पैसाकै कारण अर्पण कोइरालासँग सम्बन्ध विग्रिएको बताएकी छिन् ।  नयाँपत्रिकासँग अन्तर्वाता दिदै उनले यस्तो बताएकी  हुन । कोइराला उनको पूर्व प्रेमि हुन् । पैसाको कारोबारले अर्पणलाई विगारेको उनले दाबी गरेकी छिुन् ।

उनले भनिन् मेरो बुवाले अर्पणलाई दिनु भनेर हस्ताक्षरसहितको खाली चेक दिनुहुन्थ्यो । त्यत्ति विश्वास गर्नुहुन्थ्यो । तर उसले ड्याडीको पैसा फिर्ता गर्दा २५ लाखको बाउन्स चेक दियो । उसले विश्वासघाट गर्यो ।

खुश्वु थप्छिन्, ुमेरो भिनाजुसँग वीरंगज गएर १ करोड क्यास लियो, तिरेन । तिर्ने मनसाय पनि देखाएन । अर्पणको आजसम्म न व्यापार छ न पैसा नै छ , हाम्रो रिलेसन टुटेको मुख्य कारण यही हो । आयस्रोत नभएको मान्छे क्यासिनो गएर पैसा उडाउने गरेको पनि उनले बताईन ।