डाक्टहरुद्धारा अनिश्चतकालीन मन्त्रालय घेराउको घोाषणा

भदौ ३, काठमाडौ – स्वस्थ्य मन्त्रलयमा गैर स्वस्थ्यकर्मीलाई सचिव वनाएको भन्दै आन्दोलनमा उत्रिएका डाक्टरहरुले आज देखि अनिश्चत कालीन मन्त्रालय घेराउ कार्यक्रम घोषणा गरेका छन् ।

स्वास्थ्य मन्त्रालयले रिक्त सचिव पलदमा मन्त्रिपयिरषदले स्थानिय विकास मन्त्रालयका सचिव शान्ताबहादुर श्रेष्ठाई सरुवा गरे पछि चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा। अनिल कुमार झाले विहान धर्ना दिदाँ विरामीहरुलाई असर पुग्ने भन्दै दिउँसो २ बजे देखि धर्ना दिने बताउँनु भयो । चिकित्सकहरुको धर्नालाई कमजोर नठान्न समेत उहाँले चेतावनी दिनु भयो ।

यसअघि हिजो नयाँ पदबहालीलाई अवरोध गर्न चिकित्सकहरुले धर्नाको कार्यक्रम तय गरे पनि सचिव श्रेष्ठ अवरोध कार्यक्रम भन्दा एक घण्टा अगाडि नै मन्त्रालय पुगि सक्नु भएको थियो ।