राजनीतिक संवाद तथा सहमती समितिको छलफल आज पनी जारी

भदौ ३, काठमाडौँ -संविधानसभाको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले नयाँ संविधानको सबैभन्दा विवादित राज्यको पुनःसंरचना र शासकीय स्वरुपबारे छलफल सुरु गरेको छ । संविधानसभाका ५ समीति मध्येको सबैभन्दा शक्तिशाली समीति राजनीतिक संवाद तथा सहमती समितिले आज शिर्ष दलका नेता तथा प्रमुख संचार माध्यमका संचालक  प्रमुख र समाचार प्रमुखसँग छलफल गर्ने भएको छ ।

आजको छलफल पनि मुख्यतया राज्यको पुन संरचना, राज्यशत्तिःको बाँडफाँड र शासकीय स्वरुपबारे केन्द्रित रहने संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले जानकारी दिनुभयो । यसअघि हिजो समीतिका सभापति डा बाबुराम भट्राइले संविधानका अन्तरवस्तुका विषयमा  प्रमुख तीन दलका शीर्ष नेताहरुसँग छलफल गर्नुभएको थियो ।

बैठकमा दुवै विवादित विषयमा प्रारम्भिक छलफल भएको थियो । हिजोको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस उपसभापति रामचन्द्र पौडेल, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायको हभागिता थियो । त्यस्तै हिजो नै सोही विषयमा  विभिन्न जातीय समुहसँग छलफल गर्नुभएको थियो ।  प्रवक्ता शर्माका अनुसार भदौ ७ गतेको बैठकमा सबै दलले आफ्नो आन्तरिक छलफलसहित धारणा बनाएर आउने सहमति भएको छ ।