एकलौटी संविधान अमान्य : वैद्य माओवादी

भदौ २, जनकपुरधाम – नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले आफ्नो दललाई पाखा लगाएर बनाएको संविधान अमान्य हुने बताएका छन् ।

सहिद रामवृक्ष यादवको २० औँ स्मृति दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा अध्यक्ष वैद्यले गोलमेच सम्मेलनको  माग दोहो¥याएका हुन् ।

पार्टी महासचिव रामबहादुर थापा र सचिव नेत्रविक्रम चन्दले नेपाली समाज बाह्य शक्तिबाट दबाइएको विचार व्यक्त गरे । कार्यक्रममा माओवादी नेता रोशन जनकपुरीले यादवको व्यक्तित्वमाथि प्रकाश पार्नुभएको थियो ।

यसैबीच एकीकृत नेकपा माओवादीले आज छुट्टै कार्यक्रम आयोजना गरी यादवको स्मृति दिवस मनाएको छ ।