बलात्कारपछि नाबालिकाको हत्या गर्ने बोगटी पक्राउ

भदौ २, काभ्रे- नाबालिकाको बलात्कारपछि हत्या गर्ने उग्रतारा गाविस ७ का १८ बर्षीय रोशन बोगटीलाई प्रहरीले पक्राउ गरेको छ । ७ बर्षीय बालिकालाई बाघले जंगलतिर लगेको खबर पाएपछि खोजीमा खटिएको प्रहरीले स्थानीय धनेश्वर करुणडोल सामुदायिक वनको खोल्सामा फेला पारेको शवको अनुसन्धान गर्दा बलात्कारपछि हत्या भएको पत्ता लागेपछि बोगटीलाई पक्राउ गरिएको प्रहरीले जनाएको  छ ।

प्रहरीले बयानमा बोगटी आफैले बलात्कारपछि मारेको भनेर स्वीकार गरिसकेका छन् ।  मतृक बालिका बनेपाको ज्ञानज्योती एकेडेमीको कक्षा १ मा पढ्दै गरेकी थिइन् । साउन ३० गते हराएकी नाबालिकाको शव खोल्साको किनारमा ढुंगा र पत्करले छोपेको अवस्थामा प्रहरीले ३१ साउनमा फेला पारेको थियो । पक्राउ परेका बोगटी मृत्क नाबालिकाको काका नाता पर्छन् ।

बोगटीले साथीसँग मिलेर दिउँसै नाबालिकाको बलात्कार गरेको र राती ९ बजेमात्रै जंगलमा लगेको बताएका छन् । प्रहरीले बोगटी उपर कर्तब्य ज्यान मुद्दामा अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान गरिहेको छ ।