मापदण्ड विपरीतका उद्योगलाई कारवाही : मन्त्री थापा

भदौ २, काठमाडौँ – उद्योगमन्त्री कर्ण बहादुर थापाले सरकारले तोकेको मापदण्ड विपरीत चलाईएका क्रसर उद्योगलाई कुनै पनि हालतमा छुट नदिने बताउनु भएको छ ।

क्रसर उद्योगलाई नियमन गर्नका लािग सरकारले नयाँ मापदण्ड ल्याएको उल्लेख गर्दै मन्त्री थापाले मापदण्ड विपरित चलेका उद्योगलाई कारवाही र मापदण्ड पालना गर्नेलाई निश्चित उत्खनन् क्षेत्र तोकी व्यवस्थीत गर्ने प्रक्रिया अगाडी बढाएको बताए ।

राजधानीमा आयोजीत कार्यक्रममा मन्त्री थापाले सरकारले व्यवसायीहरुलाई उद्योग चलाउनका लागि देशका विभिन्न १४ वटा स्थानमा उत्खनन् क्षेत्र तोकेर गिट्टि बालुवा, रोडा र ढुङगा निकाल्ने व्यवस्था मिलाएको जानकारी दिए ।

 नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष जयराम लामिछानेले भने सरकारले भदौ १५ गतेसम्म पनि ढुँगा, गिट्टी, बालुवामा लगाएको प्रतिबन्ध फुकुवा नगरे सम्पूर्ण उद्योग व्यवसायीहरु आन्दोलनमा उत्रने चेतावनी दिए ।

लामिछानेले सरकारले आफ्ना माँग नसुने प्रति दिन हुने व्यय अनुरुप ३७ करोड हर्जना दिनुपर्ने माँग समेत गरे ।