प्रमुखप्रतिपक्ष दलद्धारा संसद बैठक अवरुद्ध

भदौ २, काठमाडौँ – प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा माओवादीले आजको व्यवस्थापिका संसद अवरुद्ध गरेको छ । बाढीपहिरो क्षेत्रलाई राष्ट्रिय विपतको घोषणा गर्न माग गर्दै संसद अवरुद्ध गरेको हो । संसदमा वोल्दै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार सुस्त मनस्थितिको भएको आरोप लगाएका छन् ।

ध्यान दिनुपर्ने विषयमा सरकारको ध्यान नगएको र ध्यान नदिनुपर्ने विषयमा धेरै ध्यान जानेको गरेको भन्दै एमाओवादी अध्यक्ष प्रचण्डले प्रशासनिक निर्णय गन सरकारलाई परेको हतारले आफु छक्क परेको बताए । उनले सहमति कार्यान्वयन नभए र शान्ति प्रक्रिया सहि ढंगले अघि नबढे त्यसको असर संविधान निर्माणमा पर्ने चेतावनी दिए ।

प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका क्रममा तालि बजेपनि कामको अनुमत गर्न जरुरी रहेको बताए ।  १७ गते सिंधुपाल्चोकमा पहिलो गए देखि देशमा प्राकृतिक सुरु भएर देश भर विपत् आएको प्रचण्डले भनाइ  छ ।