नेपालद्धारा बहराइन पनि पछारियो, नेपाल उपाधि नजिक

भदौ २ ,काठमाडौं– मलेसियामा जारि १६ वर्षमुनिको एसिसी प्रिमियर क्रिकेटमा अपराजित रहदै आएको नेपालले आज अर्को शानदार जित निकालेको छ । बहराईनसंगको खेलमा नेपाली टोलीले विशााल रन अन्तरले जित निकालेको हो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ४० ओभरको खेलमा ८ विकेट गुमाइ २ सय ३३ रन बनाएको थियो । जवाफमा २ सय ३४ रनको लक्ष्य लिई मैदान उत्रेको बहराइनले २४ ओभर ४ बलमा मात्र ४७ रन बनाउन सकेपछि नेपाल १ सय ८६ रनले विजयी भएको हो । जितका लागि नेपालका अनिल खरेलले ८ रन दिएर ३ विकेट लिएका थिए । त्यस्तै प्रनित थापाले नटआउट ७० र रवि चन्दले ३३ रन बनाए । प्रनित थापा म्यानअफ दि म्याच घोषित भए । जितसंगै ८ अंक जोडेको नेपाल तालिकाको शीर्ष स्थानमा कायमै छ ।  यो जितसँगै नेपालको उपाधि जित्ने संभावना बलियो भएको छ ।  बुधबार हुने अन्तिम खेलमा नेपालले मलेसियाको सामाना गर्नेछ । यो खेल नेपालले जिते वा बराबरी खेले पनि नेपाल उपाधि जित्न सफल हुनेछ । एसिसी यु–१६ एलिटको नामले यसअघि दुईपटक आयोजित प्रतियोगिताको पछिल्लो संस्करणमा दुई वर्षअघि नेपाल मलेसियासँगै फाइनलमा १ विकेटले पराजित भएको थियो।  मलेसियाको अँक ७ रहेको छ । यसअघि नेपालले प्रतियोगितामा थाइल्याण्ड, सिंगापुर र ओमानलाई पराजित गरिसकेको छ ।