सुनचाँदीको भाउ घट्यो

भदौ २, काठमाडौं – सुनचाँदीको  भाउ आज घटेको छ । हिजोको भाउ भन्दा आज तिन सयले सस्तिएको छ । नेपाली बजार आज तोलाको ५४ हजार ३ सय रुपैया र चाँदी ८ सय रुपैयामा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  हिजो  तोलामा ५४ हजार ६ सय रुपैयाले सुनको कारोबार भएको थियो चाँदी ८ सय १० रुपैयामा कारोबार भएको थियो । भाद्र महिनाको पहिलो सातामा यसरि सुनको भाउ सस्तिन थालेपछि बिषेशगरि तिजको तयारिमा रहेका महिलाहरु खुसी भएका छन् । तिजको बेलामा महिलाहरुले गरगहना बढी नै लगाउने गर्दछन् ।