संविधानसभाका अध्यक्ष नेम्वाङ र अध्यक्ष दाहालबीच भेटवार्ता

भदौ २, काठमाडौँ – संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ र अध्यक्ष दाहालबीच आज भेटवार्ता भएको छ । भेटवार्तामा संविधान लेखन प्रक्रिया र राजनीतिक दलहरुको भूमिकालगायतका विषयमा कुराकानी भएको अध्यक्ष प्रचण्डका सहयोगी शिव खकुरेलले जानकारी दिए ।

यस्तै, सोही अवसरमा व्यवस्थापिका–संसद्का विभिन्न समितिको यही भदौ ४ गतेका लागि तोकिएको निर्वाचनलगायतका विषयमा कुराकानी भएको बताइएको छ ।