विहे गर्ने सोचमा छु – कोमल वली (तिज संवाद)

नेपाली सागींतिक क्षेत्रमा जमेको नाम हो कोमल वली । पोइला जान पाम, भनेको आज एक दशक हुन लागी सक्दा पनी गायिका तथा समाचारवाचीका ओलीको अहिलेसम्म लगन  जुरेको छैन । वेलावेलामा चर्चामा आइरहने ओलीले आफ्नो परिचयलाई बढाउँदै लैजाँदा उनी समाचारवाचीका , लोकगायिकाबाट नायिका पनि बनीसकिन् । तर जब जब नेपाली नारीको महान पर्व हरितालीका तीज आउँछ, त्यहाँ कोमल वलीको उपस्थीति अनिवार्य जस्तै बनिसकेको  छ । र उनी लोक गायीका बनेर टुप्लुकीन्छिन् कुनै न कुनै नयाँ एल्वमका साथमा । र यस बर्ष पनि उनले हल्ला भो शिवजी एल्वम तिज कोशेलीका  रुपमा बजारमा ल्याएकी छिन् । उनै गायिका ओलीसँग इमेलखबरले गरेको तिज संवाद  ।

१ ) हल्ला भो शिवजी एल्वम तिज कोशेलीको रुपमा ल्याउनु भाछ, पहिलाको भन्दा यस पालीको तीज गीतमा के फरक छ ?

अघिल्लो वर्ष अलिक डिस्को डान्स शैलीको थियो भने अहिले विशुद्ध तीजको गीतको स्वाद दिएकी छु ।

२ ) वर्त बस्नु हुन्छ ?

अफकोर्स । शिव जीकी भक्त हुँ । जान्ने भएदेखि वर्त बस्दै आएकी छु त्यो पनि सोमबारको ।

३) अनि वर त पाउनु भएको छैनन नि र ?

त्यहि त अचम्म लागेको छ आफैलाई । यसपालीको गीतमा शिव जीसंग वर पाइन भनेर गुनासो पोखेकी छु ।

४ )  पाउदै नपाएको हो त ?

पाउदै नपाएको भन्न त मिल्दैन । भने जस्तो नपाएकी मात्र हु ।  विहे गर्नु पर्छ भन्ने सोच छ ।

 ५) सोच्दा सोच्दै ठिलो भएन ?
राजेश जी र मिथिला जिको लगन भर्खरै जुर्या छ । हतारीनु पर्ने केहि लाग्दैन । विहे व्यक्तिगत विचार हो, म विहेको सन्र्दभमा सकरात्मक छु ।