भारतमा पहिरोमा परि ३० जनाको मृत्यु

भदौ १, काठमाडौँ –  भारतको उत्तरप्रदेशमा बाढि तथा पहिरोमा परि ३० जनाको मृत्यु भएको छ । अन्य एक सय जना बेपत्ता भएका छन् । उत्तर प्रदेशको बहराईच जिल्लामा आएको बाढि तथा पहिरोमा परि ३० जनाको मृत्यु र १ सय भन्दा बढि बेपत्ता भएको बिबिसिले लेखेको छ । अचानक आएको बाढिले भौतिक तथा मानबीय क्षति भएपछि त्यहाको सरकारले उद्धार कार्य तिब्र पारेको छ ।  बाढि तथा पहिरोले असामका बिभिन्न क्षेत्र समेत प्रभाबित भएका छन् ।