नेपालको दोस्रो जित

भदौ १, काठमाडौँ – एसीसी यू १६ प्रिमियर क्रिकेटमा नेपाली युवा टिमले आफ्नो उत्कृष्ट प्रदर्शन कायम राखेको छ। नेपाल लगातार दोस्रो जित दर्ता गर्ने क्रममा शुक्रबार सिंगापुरमाथि ४९ रनको जित दर्ता गर्दै शीर्षस्थानमा कायम छ। दुई खेलमा स्पष्ट जित निकालेकामध्ये नेपालको चार, मलेसिया र बहराइनको तीनरतीन अंक छ।

किनारा ओभल मैदानमा टस हारेर पहिलो संस्करणको विजेता सिंगापुरविरुद्ध नेपालले पहिले ब्याटिङ गरेको थियो। एसियाली क्रिकेट काउन्सिलले टेस्ट नखेल्ने राष्ट्रको उमेर समूहका शीर्षस्थानका छ टिमबीच पहिलो पटक राउन्ड रोबिन लिग सुरु गरेको हो। यसअघि ट्रफी एलिटको पहिलो संस्करणमा सिंगापुर र दोस्रोमा मलेसिया विजयी भएका थिए। नेपाल दुवै पटक उपविजेतामा सीमित भएको थियो। यसअघिको संस्करणको सेमिफाइनलमा नेपालले सिंगापुरलाई हराएको थियो। त्यस क्रमलाई नेपाली युवा खेलाडीले शुक्रबार पनि कायम राखे।

अघिल्लो दिनको भारी वर्षाका कारण ओसिलो पिचमा पहिले ब्याटिङ गर्न बाध्य भएको नेपाली टिमको सुरुआत राम्रो हुन सकेन। सिंगापुरका बलरले उत्कृष्ट प्रदर्शन गरेपछि नेपाली टिमले १३ रन जोड्दा चार विकेट गुमाएको थियो। तर, नेपालका कप्तान सुमित महर्जन र प्रनित थापाले ७८ रनको उत्कृष्ट साझेदारी गर्दै इनिङ्स उकासेका थिए। उनीहरूको प्रदर्शनसँगै नेपालले निर्धारित ४० ओभरमा आठ विकेट गुमाउँदै १ सय ४३ रन तयार पारेको थियो। सुमितले ७३ बलमा छ चौका मदतले ४१ रन बनाए भने प्रनितले ४८ बलमा पाँच चौका मदतले ३२ रन जोडे। सिंगापुरका आर्यमन उचिलले १९ रन खर्चेर तीन विकेट लिए। कान्तिपुरमा खबर  छ ।