कार्वनका ६ नयाँ मोवाइल बजारमा

भदौ १, काठमाडौँ – कार्वनका ६ नयाँ मोवाइल सेट नेपाली बजारमा भित्रिएका छन् । नेपालका लागि कार्वनका आधिकारीक विक्रेता एलाइड इण्टरनेशनलले यी सेट बजारमा ल्याएको हो । कम्पनीले कार्वन स्मार्ट ‘ए३४ लाइट’,‘ए१०० के’, २२ प्लस, क४४ प्लस,‘के ४५५ प्लस’ र ‘के ३७५’ गरी ६ प्रकारका मोवाइल बजारमा ल्याएको हो ।

जसमध्ये एनड्रोइड भर्सन ४ दशमलव २ जेली विन अपरेटीङ सिस्टम भएको ‘ए ३४’ कार्वनका अन्य उत्पादनमध्ये सवैभन्दा पातलो र शक्तिशाली छ । यसमा ७ इञ्च ‘डब्लुभीजीए क्यापटिभ टच स्क्रिन’, डुअल सिम, १ दशमलव ३ गिगाहर्ज डुअलकोर प्रोसेसर र ४ जीविको इण्टरनल स्टोरेज छ । त्यस्तै २८ सय एमएच व्याट्री भएको ए ३४ लाइटमा २ मेगापिक्सल व्याक क्यामरा,र डिजिटल फ्रण्ट क्यामरा छ । यसको बजार मूल्य १२ हजार ५ सय ९९ तोकिएको छ ।

३ दशमलव ५ इन्च एचभीजीए टच स्क्रिन भएको ‘ए १००’ मा एण्ड्रोइड भर्सन ४ दशमलव २ जेली विन अपरेटिङ सिस्टम छ । यसमा १ गिगाहर्ज प्रोसेसर, र कवेर्टी किप्याड छ । यसको बजारमूलय ७ हजार २ सय ४६ तोकिएको छ । त्यसैगरी बार फोन रेञ्ज अन्तर्गत ४ मोवाइल सेटमा वायरलेस रेडियालगायत सुविधा रहेको कम्पनीले जानकारी दिएको छ ।