चरीलाई सात गोली

भदौ १, काठमाडौँ – प्रहरी इन्काउन्टरमा मारिएका डन दिनेश अधिकारी चरी को शरीरमा सात गोली लागेको पाइएको छ । घटनाको १० दिनपछि त्रिवि शिक्षण अस्पतालमा शनिबार पोसटमार्टम गँिदा चरीको शरीरमा सात गोली लागेको पाइएको हो ।

पोस्टमार्टमा रिपोर्टअनुसार छाती र पेटको बीचभागमा लागेका सातमध्ये ६ गोली ढाड छेडेर बाहिर निस्किएका थिए भने एक गोली शरीरभित्रै अड्किएको थियो ।

अस्पतालका फरेन्सिक विभाग प्रमुख डा। हरिहर बस्तीका अनुसार गोलीले नै उनको मृत्यु भएका पोस्टमार्टमा देखिएको छ । पक्राउ गरेर हत्या गरिएकोजस्तो कुनै प्रमाण नभेटिएको उनले बताए । आजको नयाँ पत्रिकामा खबर छ ।
 
के छ पोस्टमार्टम रिपोर्टमा

छाती र पेटको बीचमा लागेका सातमध्ये ६ गोली ढाड छेडेर बाहिर निस्किए, एउटा गोली मेरुदण्डनेर अड्कियो ।  गोलीले मुटु, फोक्सो, कलेजोलगायतका सबै महत्वपूर्ण अंग क्षतविक्षत, त्यही कारणले चरीको मृत्यु ।

पक्राउ गरेर हत्या गरेको प्रमाण भेटिएन्
पक्राउ गरेर हत्या गरेको प्रमाण देखिएको छैन । पक्राउ गरेको हत्या गर्दा हातमा हत्कडीको डाम पोस्टमार्टम रिपोर्टमा आउने गर्छ, तर त्यस्तो देखिएको छैन ।